एमाले सांसद टोपबहादुर रायमाझी निलम्बित

सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी प्रतिनिधिसभालाई गराएका छन् ।

आइतवार बुढानिलकण्ठस्थित आफन्तको निवासवाट पक्राउ परी सोह्रखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको थियो । सो जानकारीपछि सोमबार सभामुख घिमिरले उनी पक्राउ परेको संसद बैठकलाई जानकारी गराएका हुन् ।

Dengue

सभामुखले सो जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी ११ दिन देखी फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो । आजै जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीमाथि अनुसन्धान गर्न ३ दिनको समय पनि दिइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार