भ्रष्टाचारीको तीनपुस्ते सम्पत्ति हरण गर्ने कानून बनाउनुपर्छः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्नेहरुलाई तीनपुस्ते सम्पति हरण गर्ने र आजीवन कारावास गर्ने कानून बनाउनु पर्ने माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले यसको न्यूनीकरणको लागि पार्टी पंक्ति र सिद्धान्त एंव दलभन्दा माथि उठेर कानून बनाउन तयार हुनु पर्ने बताएका हुन् ।

Dengue

उनले भने, ‘अहिलेसम्मका सबै काण्डमा लड्ने हो पार्टी पंक्ति र सिद्धान्त एवं दलभन्दा माथि उठेर कानून बनाउन तयार हो ? हुनुहुन्छ भने हेर्न चाहन्छु ल आज हात खडा गर्नुस्, हुनुहुन्छ कोही ? त्यही भएर अहिले म भन्न चाहन्छु । यसो नगरौं । तिमी हेरेजस्तो गर्नु, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई न्यूनीकरण गर्दैन । भ्रष्टाचार गर्नेहरुलाई तीनपुस्ते सम्पति हरण गर्ने आजीवन कारावास ठोक्ने कानुन यहि संसदबाट बनाएर लागु गरौं ।’

सांसद शाहीले भ्रष्टाचारमा लागेकाहरु नै आन्दोलनमा सहभागी भएको आरोप पनि लगाए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार