मेरो नाम जोडिएको अडियोको सत्यतथ्य जाँच अहिलेसम्म किन भएन: आरजू राणा देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ एवं सांसद आरजू राणा देउवाले आफ्नो नाम जोडिएको अडियोको सत्यतथ्य जाँच अहिलेसम्म किन भएन भनेर प्रश्न गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै आरजूले उजुरी दिएको छ दिन बितिसक्दा पनि सत्यतथ्य बाहिर नआएकोमा आपत्ति जनाइन् ।

मैले छ दिन अगाडि मेरो नाम लिएर भुटानी शरणार्थी प्रकरणमा संलग्न भनेर बनाइएको फेक अडियो फरेन्सिक टेस्टका लागि सीआईबी र साइबर ब्यूरोलाई दिएकी थिएँ, उनले भनिन्, अझ त्यो दर्ता गर्न पनि मानिएको थिएन । सत्तापक्षको यति ठूलो नेताको श्रीमतीले यस्तो भन्दा साथीहरूले पत्याउनुहुन्न होला । तीन घण्टा लाग्यो त्यो दर्ता गराउन । त्यसको पनि म गृह मन्त्रालयबाट जवाफ चाहन्छु । दर्ता गर्न किन अलमल थियो ? छ दिन हुँदा पनि यो फेक हो कि होइन भनेर किन बताउन सकेको छैन रु र अरु जस्तै म झनै आतुर छु । किनभने फेक अडियो मेरो मात्र बनेको होइन । अरु अरुको पनि बनेको छ । तर, नाम मेरो मात्र उच्चारण किन हुन्छ ? उनले भनिन्, हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा चाहिँ पुगिसकेको छ । सोसल मिडियामा म त्यति एक्टिभ छैन । यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियामा कुनै न कुनै किसिमले यसमा सरकारको सुपरभिजन हुनुपर्‍यो ।

Dengue

सामाजिक सञ्जालले आफ्नो चरित्रहत्या नभएर चरित्रको नै बलात्कार गरेको उनले बताइन् । मलाई साँच्चै भन्ने हो भने महिला भएकाले यो एउटा चरित्रहत्या होइन यो रेप अफ माई क्यारेक्टर हो, उनले भनिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार