काठमाडौँ । संसद्को मर्यादा कायम राख्न सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकमा सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।
सांसदहरू बैठकमा जाँदा अनिवार्य संसद्को लोगो लगाउनुपर्ने र भड्किलो ड्रेस लगाउन नपाइने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्