सुदूरको नियतीः तीन महिनादेखि मन्त्रीविहीन छन् मन्त्रालय, सचिवको टुंगो छैन !

भक्तराज जोशी

धनगढी। यतिबेला सरकार आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटेको छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा सरकार आगामी आर्थिक वर्ष २०८० ८१ का लागि बजेटको सुझाव लिने काममा व्यस्त छ । नेपालको संविधान अनुसार नयाँ आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्नेछ । त्यसैले पनि अहिले केन्द्रीय सरकार बजेट तयारीमा चटारोमा छ ।

सोही अनुसार हाल सुदूरपश्चिम प्रदेश सरकार पनि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम निर्माणमा जुटेको छ । समय कम र समेट्नुपर्ने धेरै विषय हुँदा बजेट निर्माणमा प्रदेश सरकारलाई छुट्टै प्रेसर छ ।

Dengue

तर, एकातिर बजेट निर्माणको चटारो चलिरहेका बेला अर्कोतिर मन्त्रिपरिषद् विस्तारको टुंगो नलाग्दा थप प्रेसर थपिएको छ । अहिले सुदूरपश्चिम प्रदेशले सामाजिक विकास मन्त्री मात्रै पाएको छैन बरु विगत लामो समयदेखि सामाजिक विकास मन्त्रालय सचिवविहीनसमेत बनेको छ ।

मन्त्रालय मन्त्रीविहीन भएपछि हाल प्रदेशको सामाजिक विकास मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाहले आफैसँग रोखेका छन् । हाल मन्त्रालयको सम्पूर्ण कामकाज मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले सम्हालेका छन् । संघले सचिव नपठाएपछि मन्त्रालय निमित्त सचिवको भरमा चलाउनुपरेको सिंहको भनाई छ । ‘मन्त्रालयमा सचिव संघ सरकारले पठाउनुपर्ने हो तर तीन महिनादेखि मन्त्रालय सचिवविहीन छ’, उनले भने, ‘निमित्त सचिवको रुपमा मैले नै कामकाज सम्हालेको छु । सचिव नभए पनि काम प्रभावित भने भएको छैन ।’

संघले सचिव पठाए पनि हालसम्म मन्त्रालयमा भने नपुगेको सिंहको भनाई छ । नेपाल सरकारको मन्त्रीपरिषदले संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्र्तगतमा कार्यरत ज्ञान प्रसाद ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिने गरि कामकाजमा खटाउनले निर्णय गरेको थियो । तर बैशाख २० गते मन्त्रीस्तरीय निर्णयबाटै ढकाललाई सचिवको जिम्मेवारीमा खटाउने निर्णय भए पनि हालसम्म उनी मन्त्रालयमा पुगेका छैनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार