धनगढी। सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका भूकम्प प्रभावित परिवारलाई अनुदान उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले ०७८ र ०७९ मा गएका भूकम्पबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा अनुदान दिने निर्णय गरेको हो। सरकारले २०७८ जेठ यताका भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
प्राधिकरणका अनुसार ०७८ जेठमा लमजुङ, ०७८ साउनमा खोटाङ, ०७९ कात्तिकमा डोटी र ०७९ माघमा बाजुरा केन्द्रबिन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुराका पाँच हजार आठ सय ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्