कैलालीका होटल रेष्टुरेन्टमा सुर्ती र मदिराजन्य पदार्थको विज्ञापन गर्न नपाइने, राखे कार्वाही गरिने !

कैलाली । कैलालीमा मदिराजन्य पदार्थको विज्ञापन सामाग्री हटाउन सुरु गरिएको छ । होटल, रेष्टुरेन्ट, पसल तथा विभिन्न स्थानमा राखिएका मदिराजन्य पदार्थको होर्डिङ बोर्ड तथा पोष्टर हटाउन सुरु गरिएको हो ।

बिहीबारदेखि प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुर, जिल्ला प्रशासन कार्यालय कैलाली, उपभोक्ता हित संरक्षणमा काम गर्ने संस्थाका प्रतिनिधि, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सम्मीलित टोलीले सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचार सामाग्री हटाउन सुरु गरेको हो ।

Dengue

१४ गते नै बसेको बैठकले जिल्लाभर राखिएका सुर्ति तथा मदिराजन्य पदार्थको विज्ञापन सामाग्री हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए

‘बैठकको निर्णय अनुसार नै होटल लगायतका ठाउँमा राखिएको प्रचार सामाग्री हटाउन थालिएको हो’, उनले भने, ‘यसअघि एक हप्ताभित्र यस्ता विज्ञापन सामाग्री आफै हटाउन सूचित गरेका थियौँ । तर सूचनाको बेवास्ता गरेपछि आफै बोर्डहरु हटाउन थालेका छौँ ।’

त्यस्तै, प्रजिअ यसपछि पनि कसैले सुर्तीजन्य एवम् मदिराजन्य पदार्थको बोर्ड राखेको वा प्रचार गरेको पाइएमा कानुनअनुसार कार्वाही हुने बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार