सडकदेखि सदनसम्मै चर्कियो भ्रष्टाचारविरुद्धको आन्दोलन, भ्रष्टहरुलाई छानीछानी कार्वाही गर्न माग

धनगढी । देशभर यतिबेला भ्रष्टाचारको चर्चा छ । सडकमा नागरिकदेखि सदनमा सांसदहरुबीच भ्रष्टाचारको दोहोरी चलेको छ । अझ त्यसैमाथि हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल पक्राउ पर्न थालेपछि यो विषयले थप चर्चा बटुलेको छ ।

यसैबीच कैलालीमा नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार एकीकृत समाजवादी कैलालीले धनगढीमा ‘भ्रष्टचारीलाई कार्वाही गर’, ‘भ्रष्टहरुको सम्पत्ति छानविन गर’, ‘नेता र नाता नहेर’ लगायतका प्ले–कार्डसहित नाराबाजी गरेका थिए । धनगढीको एलएन चौकदेखि सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अघि पुगेर कोणसभामा परिणत भएको थियो ।

Dengue

सरकारले भ्रष्टाचार विरुद्धको अभियानमा चालेको कदमलाई स्वागत गर्दै प्रर्दशन गरीएको पार्टीका जिल्ला अध्यक्ष विमल जोशीले बताएका छन् । ‘हाल नक्कली भुृटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदम स्वागतयोग्य छ’, उनले भने, ‘यसमा नाताबाद, कृपाबाद नहेरी दोषीलाई कडाभन्दा कडा कार्वाही गरियोस् । भ्रष्टाचार न्यूकिकरणमा सरकारले चाल्ने हरेक कदममा साथ दिन्छौँ ।’

त्यस्तै उनीहरुले भुटानी शरणार्थी प्रकरणमा मात्रै नभएर अन्य भ्रष्टाचारका फाइल खोल्न पनि सरकारलाई आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार