आईपीएलमा सट्टेबाजी गर्ने दार्चुलाका ४ जना पक्राउ

दार्चुला। इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार राति खलंगास्थित तिंकरखेडाको एक पसलबाट साढे तीन लाखभन्दा बढी नगद रूपैयाँसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सट्टेबाजी गर्ने मोहित र खलंगामा बस्ने इन्द्रसिह ऐरी, अविन अवस्थी, जनक बडाल र बिरू बुढाथोकी रहेका छन् ।

Seti Hospital

उनीहरूलाई महाकाली नगरपालिका–४ तिंकर खेडाबाट ३ लाख ५६ हजार ४ सय २० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूमाथि अदालतबाट बुधबार म्याद थप गरी यो कार्यमा को९को संलग्न छन्, अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार