एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बैठक बसिरहेको छ ।

बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डा तय गर्ने जनाइएको छ । एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ ।

Dengue

गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रासरुटको समीक्षालगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।

यस्तै बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझीबारे पनि केही निर्णय लिनसक्ने बताइन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार