आज पनि शेयर बजार राताम्मे, ८२ करोड ४२ लाख रुपैयाँको कारोबार

काठमाण्डाै: शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । हिजो आइतवार १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९२ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ७० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । दुई सय ७० वटा कम्पनीका २८ लाख १० हजार कित्ता शेयर ८२ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Dengue

आज इस्टर्न हाइड्रोपावर कम्पनीका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । समग्रमा बजार राताम्मे भएको दिन आज विन नेपाल लघुवित्तको शेयर आठ प्रतिशत र आत्मनिर्भर लघुवित्तको शेयर छ प्रतिशतले बढेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार