लागुऔषध मुद्दामा फरार कञ्चनपुरकी एक महिला पक्राउ

कञ्चनपुर: लागुऔषध मुद्दामा फरार एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–७ की जैना ठगुन्ना रहेकी छन् ।

फरार रहेकी ठगुन्नालाई खोजतलास गर्दा प्रहरीले आइतबार उनकै घरबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरबाट ४ दिनको म्याद मिलान गरी आवश्यक अनुसन्धान कार्य भरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक सुर्य बहादुर शाहीले बताए।

Dengue

वैशाख ८ गते शुक्लाफाँटा नगरपालिका वडा नम्बर–५ वनसमिति कञ्चनपुरबाट पक्राउ परेका ईलाका प्रहरी कार्यालय झलारीमा लागुऔषध चरेश मुद्धामा म्याद थप भएका वसन्त जोशीसमेतको बयानमा ठगुन्नाको पनि संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार