बझाङमा हिमपहिरोमा परि बेपत्ता महिलाको शव भेटियो

बझाङ: बझाङमा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा हिमपहिरोमा परि बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

सुर्मा गाउँपालिका–१ बेवडी घर भएकी ३२ वर्षीया झल्ला देवी बोहरा हिमपहिरोमा परि वैशाख १९ गते मङ्गलवारदेखि बेपत्ता हुनुभएको थियो । सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा सङ्कलन गर्न गएको ९ गते उहाँ घरबाट जानुभएको थियो ।a

Dengue

२र३ दिनदेखि लगातार पानी सँगै हिमपात भएपछि उहाँ घर फर्किने क्रममा हिमपहिरामा परेर बेपत्ता हुनुभएको हो । उहाँको शव सोमवार मात्रै फेला परेको वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बोहराले बताउनुभयो । यहाँका स्थानीय बासिन्दा र प्रहरीले उहाँको शव फेला पारेका बोहराले बताउनु भयो ।

उहाँको शव अहिले घर ल्याउने काम भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार