‘हामी कसैको दबाबमा पर्दैनौँ, नक्कली शरणार्थी प्रकरणमा जो कोही संलग्न भए पनि कार्वाही हुन्छ’-प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छुट नदिने बताएका छन् । उक्त प्रकरणमा कसैको पनि प्रभावमा नपरी दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो ।’

Dengue

एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च तहका नेताहरुमाथि भइरहेको अनुसन्धानका बारेमा चासो राखेको प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘हामी कसैको दबाबमा पर्दैनौँ’, उनले भने, ‘कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ ।’ त्यस्तै, उनले ‘निर्दोष कोही नपरून्, दोषी कोही नछुटून्’ भन्ने मान्यतामा नै सरकार अगाडि बढिरहेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार