बुद्ध जयन्तीको पूर्वसन्ध्यामा ‘शान्ती साइकल यात्रा’

धनगढी । बुद्ध जयन्तीको पूर्वसन्ध्यामा कैलालीमा साइकल यात्रा गरिएको छ । २५६७ बुद्व जयन्तीको पूर्वसन्ध्यामा धनगढीदेखि गोदावरीसम्म साईकल यात्रा गरिएको हो ।

बिहीबार धनगढीको बुद्ध मन्दिरदेखि गोदावरीसम्म साइकल यात्रा गरिएको हो । साइकल यात्राको कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले उद्धघाटन गरेका थिए । धर्मोदय सभा जिल्ला सभा लोक चक्र बुद्ध विहार र मिसन अम्बेडकर नेपालको सयुक्त आयोजनामा साइकल यात्रा गरिएको हो ।

Dengue

शान्तीका प्रतिक मानिने गोतम बुद्धको २५६७ जन्म जयन्तीको पुर्वसन्ध्यामा साइकल यात्रा गरिएको बताइएको छ। साइकल यात्रामा प्रमुख जिल्ला अधिकारी, शसस्त्रका प्रहरी बलका प्रहरी उपरिक्षक रामहरि अधिकारी, निर्वाचन आयोग, प्रदेश कार्यलय धनगढीका निमित्त प्रमुख प्रेम भट्ट, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का गजेन्द्र शाही, अध्यक्ष धर्मोदय सभा, बुद्व मन्दिरका, जितु तुलाधर, कैलाली नेपाल बौद्व अम्बेडकर महासभा केन्द्रीय अध्यक्ष मनोज जैगडी, साईकल यात्री भरत शाही लगाएत अन्य व्यक्तीहरुको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार