धनगढीः बाजुरा जिल्लामा फेरि भूकम्प गएको छ।
बिहिवार दिउँसो १ बजेर १७ मिनेटमा बडिमालिका नगरपालिका वडा नम्बर ७ को रजातोलीमा केन्द्र बिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका लगायतका क्षेत्रमा महसुस भएको छ। माघ यता मात्रै बाजुरा केन्द्र बिन्दु भएर नौ वटा भूकम्पका धक्काहरु गएको राष्टिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्याकंमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्