धनगढीमा ‘रेलिङ चोर’को आतंक, ६ लेन सडकबाट पिल्लर भत्काएरै यसरी चोरिँदैछन् रेलिङ (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिकाको ६ लेन सडकबाट धमाधम ‘रेलिङ’हरु चोरी हुन थालेका छन् । ६ लेन सडक खण्डको भन्सारदेखि चौराह क्षेत्रमा लगाइएका ‘रेलिङ’हरु चोरी भएका हुन् ।

सडक सौन्दर्य र सुरक्षाका लागि राखिएको रेलिङहरु चोरी हुन थालेपछि धनगढी उपमहानगरपालिकाले यस्तो कार्य नगर्न अनुरोध गरेको छ । त्यस्तै, यसरी सडकबाट रेलिङ चोरी गर्नेहरुलाई देख्ने वा चिन्नेले ९८४८८३८८९५ वा ०९१५९०६९० मा सम्पर्क गर्न धनगढी उपमहानगरपालिकाले अनुरोध गरेको हो ।

Dengue

‘यो सार्वजनिक सम्पत्ती कुनै व्यक्ति वा नगरपालिकाको होइन, हामी सबैको हो’, मेयर गोपाल हमालले भने, ‘यस्तो कार्य गर्नेलाई चिन्नुहुन्छ वा यस्तो कार्य गर्दै गरेको देख्नुभयो भने खबर गर्नुहोला ।’

६ लेन सडकबाट चोरिएका रेलिङहरु फोटो फिचर:

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार