प्रदेश प्रहरी प्रमुख बोहराको निर्देशन- ‘अराजक गतिविधिप्रति निर्मम बन्नु, सर्वसाधारणलाई दुःख नदिनू’

भक्तराज जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले शान्ती–सुरक्षालाई थप चुस्त बनाउन निर्देशन दिएका छन् । बुधबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, बेलौरी, बेलडाँडी, झलारी र गुलरियाको अनुगमन गर्दै बोहराले यस्तो निर्देशन दिएका हुन् ।

निरिक्षणका क्रममा प्रदेश प्रहरी प्रमूख बोहराले नागरीकलाई सेवाको मुख्य केन्द्रमा राखी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । ‘हाम्रो उद्धेश्य भनेको नागरिकलाई चुस्त र दुरुस्त सेवा प्रदान गर्नु हो’, उनले भने, ‘त्यसैले यसतर्फ सबैजना सजग रहनुहोला । सेवाग्राहीलाई मुख्य केन्द्रमा राखेर मैत्रिपूर्ण रुपमा सेवा प्रवाह गर्नुहोला ।’

Dengue

यस्तै उनले सिमावर्ति क्षेत्रमा हुने तस्करी, अराजक गतिविधि, लागुऔषध कारोबार नियन्त्रण गर्न र यस्ता गतिविधिप्रति निर्मम रुपमा प्रस्तुत हुनसमेत निर्देशन दिएका छन् ।

योसँगै राष्ट्रसेवक प्रहरीहरुलाई उच्च मनोबलका साथ कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्नसमेत बोहराले निर्देशन दिएका छन् । निरिक्षणका क्रममा उनले लागु औषध मुद्दामा संलग्न हिरासत कक्षमा रहेका थुनुवाहरुलाईसमेत भेट गरी चेतनामुलक सन्देश दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार