राष्ट्रपति पौडेलद्वारा ‘मिटरब्याजसम्बन्धी समस्या समाधान गर्ने’ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका पौडेलले पहिलो अध्यादेशका रूपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका हुन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।

dashain shuvakamana
Discovery School

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उक्त अध्यादेशमार्फत सरकारले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्ने उद्देश्य लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार