हिमपहिरोमा पुरिएका ३ जनाको शव फेला

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका–१, बोलिनमा मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएर तीन जनाको शव फेला परेको छ ।

मंगलबार २ः४५ बजेतिर गएको हिमपहिरोमा परेर बेपत्ता ६ जनामध्ये ३ जनाको शव भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।
मृतकमध्ये एक जनाको मात्र सनाखत भएको छ । ‘एक जना जुहु–४ का १८ वर्षीय प्रविण कुँवर हुन्, अरु दुई जना महिलाको पहिचान खुलिनसकेको जोशीले बताइन् ।

Dengue

सशस्त्र प्रहरी बलका अनुसार दिउँसोदेखि जम्मा १२ जना बेपत्ता थिए । तीमध्ये ६ जनाको सशस्त्र प्रहरी बलको छाङ्रुस्थित गुल्म नम्बर ५० ले उद्दार गरेको छ । तर, हिमपात जारी रहेका बेला अध्याँरो समेत भएपछि खोजीमा गएको टोली राति फर्किएको थियो । बिहानैबाट फेरि खोजी तथा उद्दार कार्य सुरु भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार