राष्ट्रपति पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ व्यहोर्ने

काठमाण्डौं: राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ व्यहोर्ने भएका छन् । उनले भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आर्युर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च आफैँ व्यहोर्ने भएका हुन् ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एम्समा भएको उपचार खर्च राष्ट्रपति आफैँले व्यहोर्न चाहेको बताएका छन् । ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयमले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Dengue

हिजो मात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ व्यहोर्न आग्रह गरेका थिए ।

राष्ट्रपति भारतमा स्वास्थ्योपचारपछि आइतबार राति स्वदेश फर्किएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार