रविलाई प्रधानमन्त्रीले भने– सरकारमा आउनुस्, भ्रष्टाचारको फाइल खोल्न तयार छु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सोमबार बिहान चितवनमा आयोजित ‘पत्रकारसँग प्रधानमन्त्री कार्यक्रम’ मा प्रचण्डले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा सहभागी भए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार रहेको पनि बताए । ‘तपाईँ (रवि लामिछाने) आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुप¥यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

Dengue

उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको पनि बताए ।

सरकारकामा सहभागी हुनेबारे उहाँले पनि आफ्नो पार्टीमा सल्लाह गर्ने र मैले पनि गठबन्धनमा छलफल गर्ने र केही दिनपछि फेरि भेट्ने र एउटा टुंगोमा पुग्ने भनेका छौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘समर्थन फिर्ता लिने स्थिति बन्ने मैले देखेको छैन ।’

उनले शनिबार भएको भेटमा लामिछानेले पुरानै मन्त्रालयको दाबी नगरेको पनि बताए । ‘पहिलाकै मन्त्रालय खोज्नु अस्वभाविक होइन । त्यसैमा अडिनुहुन्छ भन्ने पनि ठानेको छैन । फेरि त्यही भन्ने चाहिँ हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले सरकार पाँचै वर्ष टिक्ने दाबी पनि गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार