विकासका सवालमा वडा अध्यक्ष ओझाको लोभलाग्दो सक्रियता, भन्छन्- ‘मलाई कार्यालय भन्दा फिल्ड मन पर्छ’

भक्तराज जोशी

धनगढी । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका धनगढी २ का अध्यक्ष धर्मराज ओझा धेरैजसो समय फिल्डमा भेटिन्छन् ।

निर्वाचित भएसँगै जनताको हितका लागि काम थालेका वडा अध्यक्ष ओझा जनताका समस्या बुझ्न वाडाबासीका घरघरमा पुग्छन् । अहिले उनको दैनिकी कार्यालयमा भन्दा बढी फिल्डमा बित्नेगर्दछ ।

Dengue

हरेक वर्ष डुबानको समस्या भोग्दै आएको धनगढीलाई यसवर्ष डुबानबाट जोगाउनका लागि अध्यक्ष ओझा आफै फिल्टमा खटेका छन् । जनताको समस्या बुझ्दै त्यसको हल खोज्ने कार्यका लागि आफू अधिकांश समय फिल्डमै बिताउने गरेको अध्यक्ष ओझा बताउँछन् ।

‘म जनताको सेवा गर्न आएको हुँ । जनताले मलाई पाँच वर्षका लागि योजना, काम र जिम्मेवारी दिएर चुनेका हुन्’, उनले भने, ‘अहिले म त्यही गर्दैैछु ।’

त्यस्तै अध्यक्ष ओझाले हरेक वर्षको डुबानको समस्याबाट जनतालाई राहत दिन यसवर्ष वर्षायाम सुरु हुनु अगावै नाला सफाईको काम थालेको ओझाको भनाई छ ।

‘नाला साँघुरो हुँदा र अत्यन्तै फोहोर हुँदा पानीले सहज रुपमा निकास नपाउने अवस्था थियो । अहिले हामीले त्यही नाला सफाई गर्ने र फराकिलो बनाउने काम थालेका छौँ’, उनले भने, ‘यो कार्यकापालिकाले नै निर्णय गरेको विषय हो । अहिले खोलानाला अतिक्रमण गरेर बनाइएका संरचना धमाधम हटाउँदै छौँ, स्थानीयको साथ राम्रैसँग मिलेको छ ।’

‘हाम्रो यो कार्यमा पाँच जनाको टिम छ, १–१ जना इन्जिनियर र सबइन्जिनियर र ३ जना अमिन, भत्काउने अख्तियारी इन्जिनियरले दिनुहुन्छ, नाप्ने विषय अमिनले हेर्नुहुन्छ भने सम्पूर्ण कामको निरिक्षण र निर्णय अध्यक्षको हैसियतले मैले गर्छु’, अध्यक्ष ओझाले भने, ‘टिमको सहकार्य र सक्रियता अनि स्थानीय वडाबासीको सहयोगले गर्दा काम एकदमै सहज ढंगमा अघि बढेको छ । भावी दिनमा पनि अझै सहज हुने अपेक्षा गरेको छु ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार