सेतीको बिजोगः ओपिडीदेखि फार्मेसीसम्म पट्यार लाग्दो लाइन, चिकित्सकको ढिलासुस्ती झनै दिक्दार !

धनगढी । सुदूरपश्चिमको रेफरल सेन्टरको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा सेवाग्राहीको बिजोग छ । सामान्य चेकजाँचका लागि पनि सेवाग्राहीहरु घण्टौँसम्म लाइनमा बस्न बाध्य छन् । त्यसैमाथि चिकित्सकको ढिलासुस्तीका कारण पछिल्ला दिन अस्पतालमा पुग्ने सेवाग्राहीको दैनिकी झनै पट्यारलाग्दो बनेको छ ।

‘सामान्य एलर्जीको समस्या लिएर अस्पताल अएको थिएँ तर अस्पतालको अस्वथाले उल्टै बिरामी बनाउला जस्तो छ’, अस्पताल पुगेकी सिता रसाइलीले भनिन्, ‘टिकट काट्ने ठाउँमा लाइन, ओपीडीमा लाइन, रगत जाँच्ने ठाउँमा लाइन जताततै लाईन मात्रै बस्नुपर्छ । सहज सेवा लिने वातावरण नै छैन ।’

Dengue

त्यस्तै, हात भाच्चिएर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका रामसिंह न्यौपाने पनि अस्पतालको अवस्था निकै बिजोग भएको बताउँछन् । ‘सरकारी अस्पतालमा सबैको समान र सहज पहुँच हुनपर्ने हो तर सेतीको अवस्था फरक छ’, उनले भने, ‘हात भाच्चिएर उपचार गर्न आएको हुँ तर लाईनमै बस्दा बस्दा दिक्क लागिसक्यो । यता जाउ लाईन, उता जाउ लाईन, कतिपय ठाउँमा त कर्मचारी नै हुँदैनन् । भएकै कर्मचारीले पनि राम्रोसँग मन लगाएर काम गर्दैनन् ।

हुन पनि सेती प्रादेशिक अस्पताल प्रवेश गर्दैदेखि अस्पतालका विभिन्न वार्ड वा कोठामा सेवाग्राहीको लाइन देखिन्छ । वर्षौंदेखि पट्यारलाग्दो लाइन बस्नुपर्ने बाध्यताकाबीच सेवाग्राही रहँदा पनि अस्पताल प्रशासनको भने यसतर्फ ध्यान गएको देखिँदैन । यस विषयमा बुझ्न खोज्दा अस्पताल प्रशासन सँधै कर्मचारी अभाव र उपकरणलाई दोष दिएर पन्छिने मात्रै गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार