बारा–२ मा उपेन्द्र यादवले लिए फराकिलो अग्रता

बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।

पछिल्लो मतपरिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् । उनले १२ हजार १ सय १९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ६९३ मत ल्याएका छन भने एमालेका पुरुषोत्तम पौडेल ४ हजार ३२८ मतसहित तेस्रो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

Dengue

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार