तनहुँ १ बाट काँग्रेसका उम्मेदवार भट्टराई गरे हार स्वीकार

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचन भएको तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार गरेका छन् । मतगणना चलिरहेकै बेला भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा एक ‘स्टाटस’ लेख्दै उनले हार स्वीकार गरेका हुन् ।

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग १० हजार मत अन्तरले पछि परेका उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हार स्वीकार गरेका हुन् । ‘मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिन ।’, उनले लेखेका छन्, ‘यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ ।’

Dengue

चुनावी घरदैलोका क्रममा विगतप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्दै उनले सानो खुशी पनि दिलाएको महसुस भएको बताएका छन् ।

उनले ठूला आदर्शभन्दा नागरिकका व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो राजनीतिक यात्राका क्रममा जनतासँगै रहेर काम गरेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार