बारामा मतगणना सुरू

प्रतिनिधिसभा सदस्‍य चयनका लागि बारा निर्वाचन क्षेत्र- २ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ। करैयामाई १ र सुवर्ण १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रस्थित मतगणनास्थलमा मतगणना सुरू भएको हो। उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेको छ।

Dengue

बारामा जसपाका उपेन्द्र यादव,जनमतका शिवचन्द्र कुशवाहा,एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल,आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा नियुक्त भएपछि रिक्त सो स्थानमा उपनिर्वाचन भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार