आज अमेरिकी डलरको भाउ स्थिर रहँदा, युरो बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको छ । यसअघि आइतबार ९ पैसाले घटेको अमेरिकी डलरको कारोबार सोमबार स्थिर रहेको हो । सोमबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको कारोबार सोहि मूल्यमा भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो ५१ पैसाले बढेको छ । सोमबार युरो एकको खरिददर १४४ रुपैयाँ एक पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा कायम गरिएको छ। आइतबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १६ पैसा कायम गरिएको थियो।

Dengue

सोमबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७८ पैसाले बढेको हो । आइतबार यसको खरिदमूल्य १६२ रुपैयाँ २४ पैसा र बिक्री मूल्य १६२ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रुपैयाँ २३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा कायम गरिएको छ ।

यता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । सोमबार साउदी अरेबियन र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ। आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसामा पाइनेछ । यसअघि आइतबार पनि यि दुवैको कारोबार सोहि मूल्यमा भएको थियो ।

उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६१ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २७ पैसा तोकिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार