नुवाकोट । आफनै साथीले बोकेको बन्दुक बन्दा पडकदा एकजनाको मृत्यु भएको छ । नुवाकोटको किम्ताङ जंगलमा आफनै साथीले बोकेको भरुवा बन्दुक पडकेर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो ।
उनका अनुसार अनुसार किम्ताङको जंगलमा शिकार खेल्न जंगल गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार घटना शंकास्पद भएको भन्दै अमितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्