कम्युनिस्ट पार्टीमा समस्या बढ्यो, रूपान्तरणको अभियान सुरु गरौं : श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिस्ट पार्टीहरुमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। विचारधारात्मक सांस्कृतिक समस्या कम्युनिष्ट पार्टीहरुमा बढेको पनि उनले बताए।

Seti Hospital

‘हाम्रो कम्युनिष्ट पार्टीहरुको अहिलेको प्रमुख समस्या भनेको वैचारिक सांस्कृतिक समस्या हो। विचार धारात्मक सांस्कृतिक समस्या हो। यो वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न अथवा वैचारिक सांस्कृतिक समस्यालाई समाधान गर्नको निम्ति हामीले ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान सुरु गर्नुपर्छ,’ श्रेष्ठले भने।

वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान सुरु गर्नुपर्ने उनको भनाई छ।

हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र ठूलो वैचारिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरेर मात्रै तात्कालिक रुपमा समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा हुने पनि उनले बताए।

‘हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र त्यो ठूलो वैचारिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरेर मात्रै हामीले तात्कालिक रुपमा समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा गर्नेगरी नेतृत्व प्रदान गर्नसक्छौँ,’ श्रेष्ठले भने, ‘अन्यथा त्यो कार्यभार पूरा हुन सक्दैन ।’

गृहमन्त्री श्रेष्ठले समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा गर्नेगरी नेतृत्व प्रदान गर्न सक्नुपर्ने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार