धनगढीमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु

धनगढी । धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, ५ जना घाइते भएका छन् ।

गोदावरी नगरपालिका–५ को गेटास्थित ट्राफिक पोष्ट नजिकै महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको बा १५ च ४६३७ नम्बरको गाडी शनिबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Dengue

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–११ बेला बस्ने ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको बताए ।

उनका अनुसार भट्टको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय तेजबहादुर पाल र कारमा सवारहरु धनगढी उपमहानगरपालिका–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र अनुखाण चन्द घाइते छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार