कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट लागुऔषधमा संलग्न चार जना पक्राउ परेको कञ्चनपुर प्रहरीले बताएको हो।
ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाटा नगरपालिका–५ बनस शुनिल बोहरा, भीमदत्त नगरपालिका–२ का बसन्त जोशी, भारतको बरेली कान्द्रापुरका हनमोल गुप्ता र चनहिटिग्रामका रुपेन्द्र मौरीया लागुऔषधसहित पक्राउ परेका छन्।
उनीहरु दुई किलो चार ग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्