प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली वालुवाटार पुगेका छन् ।

बिहीबार बिहान अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न वालुवाटार पुगेका हुन् ।

Dengue

उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । पछिल्लो समय राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा अलग अलग विचारहरु आइरहेका छन् ।

माओवादी सहजै एमालेलाई राष्ट्रपति दिने मनस्थितिमा छैन । उसले राष्ट्रिय सहमतिको प्रयास गर्ने जनाइरहेको छ । उता नेकपा एमाले भने सरकार गठनपूर्वको सहमति अनुसार राष्ट्रपति आफूले नै पाउनुपर्ने अडानमा छ ।

उता काँग्रेसले पनि राष्ट्रपति पाउने अपेक्षाका साथ प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिएको थियो । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार