बाजुरामा ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प

धनगढीः बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर सोमबार दिउसो ४ बजेर १ मिनेटमा भूकम्प गएको छ। नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। गत माघ १० गतेपछि बाजुरामा पटक–पटक भूकम्प गइरहेको छ।

ती भूकम्पबाट प्रभावित बनेकाहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन। उनीहरू त्रसित छन्। सुदूरपश्चिम प्रदेशमा ७ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १० वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ। कात्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास केन्द्रविन्दु भई भूकम्प गएयता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएकोमा १४ वटाको केन्द्रविन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताए।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार