कक्षा ८ को परीक्षामा धनगढीका १७ सामुदायिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण

धनगढी । कक्षा ८ को परीक्षमा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड अंक ल्याएका छन् । आइतबार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ ।

उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले नतिजा तयार गरेर प्रकाशित गर्न सम्बन्धित विद्यालयमा पठाइएकाले कुन कुन विद्यालयमा नतिजा शून्य आयो त्यो भन्न नमिल्ने बताए । तर, १७ जति विद्यालयमा कुनै विद्यार्थीले पनि कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड प्राप्त नगरेको बताइएको छ ।

Dengue

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा ६३ सामुदायिक विद्यालय छन् । ६३ मध्ये कुन विद्यालयमा आगामी शैक्षिक सत्रमा कक्षा ९ मा भर्ना हुने विद्यार्थी छैनन् भन्ने कुरा विद्यालयले नतिजा प्रकाशन गरेपछि भन्न मिल्ने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार