प्रधानन्यायधीश नियुक्त गर्ने तीन दलको सहमति

काठमाडौं । प्रमुख तीन दलबीच प्रधानन्यायधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

Dengue

सोमवार बालकोटमा बसेको बैठकमा प्रधानन्यायधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले संवैधानीक परिषद्को बैठक डाक्ने र प्रधानन्यायधीशको बारेमा निर्णय गरेर अगडी बढ्ने प्रस्ताव राख्नु भयो त्यसमा तीन दलबीच सहमती भएको छ ।’

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीच प्रधानन्यायधीश सिफारिस गर्ने सहमति भएको हो ।
टिआरसी विधेयक, संसद सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबीच सहमति जुटेको उनको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार