राजा चाल्र्स तृतीयको राज्यभिषेकमा सहभागी हुन राष्ट्रपति पौडेल बेलायत जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत जाने भएका छन् । बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन उनी बेलायत जाने भएका हुन् ।

Dengue

राजा चाल्र्सको राज्याभिषेक आगामी वैशाख २३ गते हुँदैछ । यस्का लागि राष्ट्रपति पौडेल वैशाख २१ गते बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका एक सहयोगीले नेपाल न्यूज बैंकलाई बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमण दलका को को सहभागी हुने भन्ने विषयमा अहिले नै कुनै जानकारी गराइएको छैन ।

तीन दिनसम्म चल्ने राज्याभिषेक समारोहमा राष्ट्रपति पौडेल पनि विशिष्ट अतिथिकोरुपमा सहभागी हुने बताइएको छ ।

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि चाल्र्स बेलायतको राजसिंहासन विराजमान भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार