एमाले अध्यक्ष ओली अस्वस्थ, उपनिर्वाचनका लागि जान नसक्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

आफूलाई भाइरल ज्वरो आएको कारण स्वास्थ्यमा समस्या हुँदा उपचिर्वाचनमा प्रचारका लागि जान नसक्ने जानकारी उनले सामाजिक सञ्जाल फेसबुकबाट गराएका छन् ।

Dengue

‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’ ओलीले आफ्नो फेसबुकमा लेखेका छन् ।

उनले चाहाना हुँदा हुँदै पनि अस्वस्थताका कारण आगामी बैशाख १० गते हुन लागको बारा–२, चितवन–२ र तनहुँ–१ उपनिर्वाचनको प्रचार प्रसारमा सहभागी हुन नसकेको उल्लेख गरेका छन् । तरस्वास्थ्य ठीक भएपछि ती ठाउँका मतदाता भेट्न जाने समेत ओलीले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार