असक्षमतालाई छोप्न प्रधानमन्त्रीले झुटो तर्क गरे: सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीले आफ्नो असक्षमतालाई छोप्न झुटो तर्क गरेको आरोप लगाएका छन् ।

Dengue

आईतबार प्रतिनधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले चुनावबाट सरकार फेर्नुमात्र परिवर्तन नभएको प्रष्ट पारे । फोहोरबाट मोहोर बनाउने भन्दै धेरै देशका विज्ञ आएर प्रधानमन्त्रीलाई भेटे पनि परिणाम भने शून्य भएको पनि सांसद सुवालको कथन थियो ।

सरकारले गर्नुपर्ने काम नगरेपछि काठमाडौंका मेयरले उचित कुरा उठाएको र सरकारले नगरपालिका घोषणा गर्नु अघि नै फोहोरमैला व्यवस्थापन, सडक जाम,प्रदूषण, खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता गरेको उनको भनाइ छ ।

नेमकिपा सांसद सुवालले दिनानुदिन बढ्दै गएको प्रदूषणले आमनागरिक बिभिन्न रोगको शिकार भएको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार