दार्चुलामा जीप दुर्घटना: दुई जना घाइते

दार्चुला: दार्चुलामा जीप दुर्घटना भएको छ । जिल्लाको महाकाली नगरपालिका–८ सुरकाडामा मंगलवार अप्राहन्न ५ बजेतिर जीप दुर्घटना भएको हो ।

Dengue

जिल्ला सदरमुकाम खलंगाबाट गोकुलेश्वरतर्फ गइरहेको से १ ज ८४९ नम्बरको जीप र विपरीत दिशाबाट आउँदै गरेको म १ ज २७६ नम्बरको जीप आपसमा ठोकिएका ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जीपमा सवार मालिकार्जुन गाउँपालिका–१ की १४ वर्षीया सुनिता चैसिर सामान्य घाइते भएकी छन् । भने जीप चालक बैतडीको डिलाशैनी गाउँपालिकाका नवराज धामीको हात र खुट्टामा चोट लागेको छ । जीपमा दुई जना मात्र सवार रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार