रवि लामिछाने यसपटक चितवनमा तेस्रो स्थानमा आउछन्: महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बस्नेतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मयुरको प्वाँख टाँसेको कौवा भएको बताएका छन् ।

Dengue

एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशनको समीक्षा एवं अन्तरक्रियाका लागि शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतले रास्वपाले नक्कली राष्ट्रवादको खेती गरिरहेको आरोप लगाए । यही बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार रवि लामिछानेले तेस्रो स्थानमा आउने दावी पनि उनको छ । चितवन–२ मा एमाले र कांग्रेसबीच प्रतिष्पर्धा हुने र अन्ततः एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको जीत निश्चित् रहेको बस्नेतको दाबी छ ।
चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुने जिकिर गर्दै उनले चितवनका जनता त्यति मुर्ख छन्जस्तो आफुलाई नलागेको बताए ।

‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनुहुन्छ । राजनीतिमा जनताले कौवाले जिताए भने फेरि जनतालाई सम्झाउनुपर्छ । चितवनको जनता सचेत छन् । चितवनका जनता त्यति मुर्ख छन्जस्तो मलाई लाग्दैन,’– उनले भने ।

नेता बस्नेतले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको सुझाव दिए । बालेनजी नयाँ जोश र जाँगर बोकेर आएको नयाँ पुस्ताको नेतृत्व हो भनेर काठमाडौं महानगरले स्वीकारेपछि हामी कसैले पनि हिच्किचाउन पर्ने अवस्था नरहेको उनको भनाइ थियो । तर आलोचना सहन नसक्ने उहाँको प्रवृति ठीक नभएको वस्नेतको भनाइ थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार