काठमाडौं । राष्ट्रियताको महत्व दर्शाउने उद्देश्यले नयाँ वर्षको दिन काठमाडौंमा ‘राष्ट्रिय झण्डा’ महोत्सवको आयोजना गरिएको छ । नयाँ वर्षको अवसरमा बैशाख १ गते काठमाडौंको माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको हो ।
विभिन्न सङ्घ÷संस्थाको आयोजनामा आठौँँ राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।
अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्व दर्शाउने उद्देश्यले बैशाख १ गते देशका २४ वटा जिल्लामा‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको बताए । ‘पछिल्लो समयमा नागरिकमा राष्ट्रियताको भावनाको कमी हुँदै गएको छ, नागरिकमा राष्ट्रियता जगाउन पनि महोत्सवको आयोजना गरिएको हो ।’
प्रतिक्रिया दिनुहोस्