दार्चुलामा एक युवा-युवती मृत फेला

दार्चुला। दार्चुलामा एक युवा र युवती मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका युवा र युवतीको शव फेला परेको हो । युवतीको शव चोट पटक लागेको अवस्थामा फेला परेको छ । युवाको शव भिरमा अडकिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक युवती नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा युवाको शव अड्किएको अवस्थामा रहेको छ ।

उनको सनाखत हुन सकेको छैन। सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन् । एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताउनुभयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार