धनगढी हाफ म्याराथनमा प्रथम र दोस्रो पुरस्कार आर्मीका धावकलाई

धनगढी। नयाँ वर्षको अवसरमा आयोजना गरिएको धनगढी हाफ म्याराथनको प्रथम र द्धितिय पुरस्कार नेपाल आर्मीले हात पारेका छन।

आज भएको २१.१ किलोमिटर म्याराथनमा नेपाल आर्मीका मुकेशबहादुर पाल प्रथम र नरेन्द्र सिँह रावल द्धितिय भएका हुन। पालले १ घन्टा ४ मिनेट ४८ सेकेन्ड र रावलले १ घन्टा ७ मिनेट २३ सेकेन्डमा उक्त दुरी पुरा गरेका हुन । ‘अब धनगढी दौडिन्छ‘ भन्ने मूल नाराका साथ भएको म्याराथनमा सन्तोषबिक्रम बिष्ट तेस्रो भएका छन ।

Dengue

प्रथम र दोस्रो नेपाल आर्मीका धावकपनि हुन् । म्याराथन धनगढी रंगशालाबाट सुरु भएको थियो । प्रथम भएसँगै पालले नगद ५५ हजार ५ सय ५५ द्धितिय भएका रावलले ३३ हजार ३ सय ३३ र तृतीय स्थान प्राप्त गरेका विष्टले २२ हजार २ सय २२ रुपैया पुरस्कार प्राप्त गरेका छन् । धनगढी जेसिजले प्रत्येक वर्ष म्याराथन प्रतियोगीता आयोजना गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार