सुदूरपश्चिममा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदै

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताउनुभयो । तर पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने ९स्थानीय भाषामा घर छिप्ने० गरिन्छ । विशेषगरी घर छिप्ने कार्यमा महिला सक्रिय हुन्छन् ।

khadya

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको छ । बिसुकै लागि भनेर रोजगारीका लागि देश बाहिर रहेका पनि घर फर्किने गरेका छन् । बिसु पर्व घरपरिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउनका लागि भनेर भारतबाट घर फर्किएको दोगडाकेदार–३ का स्थानीय महेश नाथले बताए

सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् । अधिकांश स्थानीय खेतीपातीमा लाग्ने भएकाले दुई–चार महिनाका लागि कामको खोजीमा भारत पस्ने गरेका छन् । यहाँका स्थानीय गहुँ लगाएर तीन महिनादेखि छ महिनासम्म मजदुरीका लागि भारतीय सहरमा गएर पैसाको जोहो गर्छन् ।

बिसुपर्व सुदूरपश्चिममा विशेष चाडका रूपमा मनाइने गरिन्छ । रोजगारीका लागि बाहिर गएकाहरू पनि बिसु मनाउन घर फर्किएका छन् । नयाँ वर्षको पहिलो दिन देवर भाउजु एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइने गरिन्छ । यस दिन आफैँले पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।

बिसुु पर्वमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको साहित्यकार रमेश पन्त मीतबन्धुले बताउनुभयो । उहाँले बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहिआएको बताएका छन् ।

यस पर्वलाई विष फाल्ने पर्वका रूपमा पनि चिन्ने गरिन्छ । हिन्दूहरूमा यस दिनलाई नयाँ वर्षका रूपमा सबैले मनाउने गरेको भए पनि सुदूरपश्चिममा भने मौलिक प्रकृतिले मनाउने गरिन्छ । यस दिन हरेक मानिस बिहानै गङ्गा स्नान, तीर्थ स्नान तथा घरमै पनि स्नान गरेर विष बगाउने प्रचलन रहिआएको शस्त्री जनार्जन अवस्थीले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार