नेपाली नयाँ वर्ष मनाउन चिनियाँ पर्यटक नेपाल आए

काठमाडौं: नेपाली नयाँ वर्ष मनाउनका लागि १८० जना चिनियाँ पर्यटकहरू जहाज नै चार्टर गरेर नेपाल आएका छन्।

बिहीबार बिहान नेपाल आएका चिनियाँ पर्यटकहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

khadya

नेपाल र चीनको झण्डा बोक्दै आएका चिनियाँ पर्यटकहरूलाई पञ्चेबाजाले समेत स्वागत गरिएको थियो।

चिनियाँ पर्यटकहरूलाई स्वागत गर्दै मन्त्री किराँतीले चीनले नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरूलाई खुसी व्यक्त गर्दै चीन सरकारलाई धन्यवाद दिए।

कोरोना महामारीपछि चिनियाँ पर्यटकको आवमगन सबैभन्दा कम रहेकामा अब फेरी आउन सुरु भएको हो। चिनियाँ पर्यटकहरूको चारवटा समूह आउने बताइएको छ। केही साताअघि मात्रै चीनले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार