महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर निर्वाचित

कैलाली । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न महासंघको निर्वाचनमा उनी जिल्ला नगरको खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा खसेको कुल ११७ मतमध्ये कुँवरले ६६ मत ल्याएर विजय हासिल गरेका हुन् । जिल्ला र नगरको खुल्लातर्फ १८ जनाको केन्द्रीय कार्यकारिणी समिति सदस्यको कोटामा ३२ जनाको उम्मेदवारी परेको थियो ।

Dengue

त्यस्तै, महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योतसना श्रेष्ठ निर्वाचित भएकी छिन् । यता जिल्ला नगर उपाध्यक्षमा संघाई प्यानलकै सुरकृष्ण श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार