डा.ढाकाको ठाउँमा सांसद बन्दै विन्दवासिनी कंसाकार

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीले डा.ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । अडियो प्रकरणमा रास्वपाले डा.ढाकालाई पार्टीबाटै निष्काशित गरेपछि रिक्त रहेको सांसद पदमा कंसाकारलाई पठाउने निर्णय गरेको हो ।

मन्त्री बन्न भन्दै जनवरीमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई कार्वाही गरेको हो ।

Dengue

योसँगै समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउने प्रावधान अनुसार कंसाकारलाई सांसद बनाउने निर्णय गरेको हो । सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार