रास्वपाले सांसद ढाका कुमार श्रेष्ठलाई पार्टीबाट निकाल्यो, सांसद पद पनि खारेज !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई कार्वाही गरेको छ । मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएसँगै विवादित बनेका श्रेष्ठलाई कार्वाही गरेको पार्टीले जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै पार्टी सभापति रवि लामिछानेले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको टै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पदसमेत जाने भएको छ ।

Dengue

केही दिनअघि श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । जनवरीमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार