डा.ढाका श्रेष्ठको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय लिने

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड माग गरेको अडियो प्रकरण सम्वन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बुधवार) निर्णय लिने भएको छ ।

Galaxy

प्रसाईं र डा. श्रेष्ठबीेचको अडियो आइतवार सार्वजनिक भएको थियो । चौतर्फी आलोचना भएपछि रास्वपाले घटना सम्वन्धमा छानविन गर्न पार्टीको अनुशासन आयोगलाई निर्देशन दिएको थियो । आयोगले मंगलवार नै प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा निर्णय लिन रास्वपाले बुधवार दिउँसो २ बजे बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बसुन्धरामा बस्नेछ ।

डा.श्रेष्ठले र प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरिएको सार्वजनिक भएको दुई दिनपछि पुनः अर्को अडियो सार्वजनिक भएको थियो । पछिल्लो अडियोको प्रसंग पनि प्रसाईं र श्रेष्ठसँगै जोडिएको छ । अडियोमा प्रसाईं र डा. श्रेष्ठको भाई भनि परिचय दिने व्यक्तिबीचको संवाद सुनिन्छ । संवादमा आफुलाई डा. श्रेष्ठको भाई भन्ने व्यक्तिले प्रसाईं सांसद पद गएको र पार्टीले साधरण सदस्यताबाट समेत हटाउन लागेको भनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार